४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था स्थिर



काठमाण्डौ ।
संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने र आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने माग राखेर अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
डाक्टर केसीको देब्रे फोक्सोमा निमोनियाको संक्रमण देखिएपछि स्लाइनमार्फत एन्टिबायोटिक चलाइएको छ । १६ औं पटकको अनसनमा रहेका डाक्टर केसीलाई अनसनको दशौं दिन इलामबाट ल्याएर त्रिवि शिक्षण अस्पतालको आईसीयूमा राखिएको छ ।
यस्तै, डाक्टर केसीको माग पूरा हुन नहुने र संसद्मा प्रस्तुत चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने माग राखेर अनसनमा बसेका विजय थापाको पनि स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टरले उज्यालोलाई जानकारी दिएका छन् ।
सरकार भने डाक्टर केसीको माग प्रति कठोर बनेकाले दुर्घटना हुन सक्ने भन्दै केसीका समर्थकले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  ५ : ५९ बजे