४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डावोस जाँदै



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन आज स्विट्जरल्यान्डको डावोस जाँदै हुनहुन्छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज साँझ ८ बजे कतार एयरवेजमार्फत त्यसतर्फ जान लागेका हुन् ।

विश्वव्यापीकरण र उदार अर्थव्यवस्थाको पक्षमा वकालत गर्ने विश्व आर्थिक मञ्चले करिब पाँच दशकदेखि निरन्तर आयोजना गरिरहेका डावोस बैठकमा प्रधानमन्त्रीस्तरमा नेपालको सहभागिता हुन लागेको यो पहिलो पटक हो । प्रधानमन्त्री ओली डावोस बैठकमा दुई सत्रहरुमा प्लानलिष्टका रुपमा सहभागी हुनुका साथै उनले त्यहा विभिन्न नेता र बहुराष्ट्रिय कम्पनीका कार्यकारीसँग साइटलाइन मिटिङ र अनौपचारिक छलफल गर्ने कार्यक्रमपनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जनवरी २२ मा ’स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’मा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट धारणा राख्नुहुने छ । त्यस्तै ओलीले जनवरी २३ मा ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ शीर्षकमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जनवरी २४ मा जि–ट्वान्टी मुलुकसहितका देशका नेताहरूसँग छलफल गर्ने तयारी पनि छ ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  ४ : ११ बजे