४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कोरियामा कार्यस्थल परिवर्तनका लागि सहज, कम्पनी दोषि देखिए अनुमति नचाहिने



दक्षिण कोरिया ।
कोरियामा कार्यरत विदेशी श्रमिकले कम्पनीमा दुव्र्यवहार वा अपहेलनामा परेमा स्वेच्छाले काम परिवर्तन गर्न पाउने भएका छन् । ईपियस मार्फत कोरिया आई काम गरिरहेका विदेशी श्रमिकले यसअघि साहुको अनुमति विना काम परिवर्तन गर्न नपाईने नियममा परिमार्जन भई कम्पनीको गल्ति देखिएमा अनुमति विना पनि काम परिवर्तन गर्न सक्ने कोरियाको रोजगार तथा कानुन मन्त्रालयले जनाएको छ ।
फेब्रवरी १ देखि लागु हुने उक्त कानुन अन्तर्गत कम्पनीले कानुनमा तोकिए बमोजिमका सेवा सुविधाहरु उपलब्ध नगराए, काम गर्ने समय श्रमिकको सहमति वेगर तोकिए, कम्पनीको सम्बन्धित ब्यक्तिबाट दुव्र्यवहार भएको प्रमाणित भए र चौथो महिना सम्म पनि तलबको १० प्रतिशत रकम पनि अपुग दिएमा श्रमिकले कम्पनिको विना अनुमति काम परिवर्तन गर्न सक्ने छन् ।
त्यस्तै महिलाको हकमा कम्पनीमा बलात्कृत भएमा तीन दिन भित्र स्वेच्छाले कम्पनि परिवर्तन गर्न पाउनेगरी कानुनमा परिमार्जन भएको छ । कोरियामा कार्यरत विदेशी कामदारलाई श्रमिकले पाउने आधारभुत अधिकारबाट समेत बञ्चीत गरिएको भन्दै यहाँ क्रियाशिल मजदुर संगठनहरु लामो समयदेखि आन्दोलित छन् ।
अहिले परिमार्जन भएको यो नियमले कोरियामा कृषि क्षेत्रमा कार्यरत विदेशी श्रमिककालागि धेरै राहत पुग्ने बताउँछन प्रवासी मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय राई । एम टि युको निरन्तर दवावका कारण कानुनहरु विस्तारै श्रमिक मैत्री बन्दै गएको भन्दै राईले अधिकार प्रप्तीकालागि सबै श्रमिकलाई एकजुट हुन आग्रह गरे । युनियनले ईपियस प्रणाली खारेज गरी स्व ईच्छाले काम परिवर्तन गर्न पाउने नियम (डब्लुपिएस)का लागि निरन्तर आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  १ : ४८ बजे