४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तु समाजद्धारा विद्यार्थीलाई छात्रवृत्ती, जनप्रतिनिधिलाई सम्मान (फोटो फिचर सहित)



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगरमा शनिबार कपिलवस्तु समाजले विद्यार्थीलाई छात्रवृत्ती वितरण गरेको छ । गत बर्षको एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने र जेहन्दार ६ जना विद्यार्थीलाई समाजले सम्मान गरेको हो ।


२९ बर्ष पहिले स्थापना भएको कपिलवस्तु समाजले विद्यार्थी सम्मान संगै स्थानीय तह र प्रदेश सासंदमा निर्वाचिन जनप्रतिनिधिलाई सम्मान गरेको छ ।


काठमाडौंमा रहेर काम गर्ने कपिलवस्तुबासीले खोलेको समाज भएको कारण ढिला भएपनि जनप्रतिनिधिलाई सम्मान गरेको समाजका पूर्व अध्यक्ष विगविज मिश्रले बताउनुभयो ।
सम्मान कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य वृजेश कुमार गुप्ता, प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह, प्रदेश सांसद तथा सामाजिक विकास समितिका सभापति दृर्घनारायण पाण्डे, प्रदेश सांसद सहसराम यादव, कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, डा. रुद्रप्रताप शाह, मंगल प्रसाद गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

तस्बीर – हाम्रा कृष्णनगर सहकर्मी मनिष गुप्ताबाट

 

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  १ : ३८ बजे