४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मेक्सिकोमा भएको विष्फोटमा परि २० जनाको मृत्यु



मेक्सिको सिटी ।
मेक्सिकोको मध्य भागमा शुक्रबार भएको विस्फोटनमा परि कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले दिएको जानकारीअनुसार हिडाल्गो राज्यमा भएको सो घटनामा परि अन्य ५४ जना घाइते भएका छन्। स्थानीय समयअनुसार बेलुका ७ बजे सान प्रिमिटिभो समुदायको बस्तीमा घटना भएको हो ।
इन्धन संकलन गर्न स्थानीय बासिन्दा भेला भएको बेला पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ ।
पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको हिडाल्गोका गर्भनर ओमार फायाडले बताए।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ८ : १५ बजे