४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

६ बुँदे सहमतिपछि हेल्थ असिस्टेन्टको आन्दोलन स्थगित



काठमाडौं ।
विभिन्न माग राखी ११ दिनदेखि आन्दोलित हेल्थ असिस्टेन्टहरुको सरकारसँग सहमति भएको छ। स्वास्थ्य मन्त्रालय उनीहरुका माग सम्बोधन गर्न सकारात्मक देखिएपछि हेल्थ असिस्टेन्टहरुको संस्था हेल्थ असिस्टेन्ट एसोसियसन नेपाल(हान)ले सहमति गर्दै आन्दोलन फिर्ता लिने निर्णय गरेको हो। शुक्रबार साँझ मन्त्रालय र हान बीच भएको वार्तामा सहमति जुटेको हो।


स्वास्थ्य सेवाको संरचना पुनरावलोकन गर्न स्वास्थ्य मन्त्रालयले सकरात्मक पहल गरी न्यायोचित समायोजन गर्ने, समायोजन व्यवस्थापनका क्रममा जिम्मेवारी तोक्दा नेपाल स्वास्थ्यसेवा नियमावली २०५५ को अनुसूची ७ अनुसारको योग्यतालाई आधार मान्ने, प्रस्तावित संघीय निजामती ऐनमा सेवाको तहगत प्रणाली वैज्ञानिक बनाउन पहल गर्ने, समायोजन गर्दा शैक्षिक योग्यताका आधारमा एक तह वृद्धि हुने गरी पहल गर्ने, कर्मचारी खटाउँदा संघीय ऐन्नियममा उल्लेखित सेवा, सुविधा र सुरक्षाका शर्तमा परिवर्तन नहुने गरी खटाउने व्यवस्था र गुणस्तरीय स्वास्थ्यसेवाका लागि ननएकेडेमिक कार्यक्रम फेजआउट गरी उच्च शिक्षा अध्ययनका लागि कोटासहित छात्रवृत्तिको व्यवस्था संघीय निजामती ऐनमा समावेस गर्न पहल गर्ने सहमति भएको छ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ८ : १३ बजे