४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दुईजना महिलामाथि खुकुरी प्रहार गरी एक पुरुषले गरे आत्महत्या



झापा ।
दुईजना महिलामाथि खुकुरी प्रहार गर्ने एक व्यक्तिले सोही खुकुरीले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन्। झापाको अर्जुनधारा नगरपालिका १० स्थित चुथाई निवासी ४४ वर्षीय सडानन्द पौडेलले सोही स्थान निवासी २४ वर्षीया जमुना ओझा र २१ बिना भारतीलाई शनिबर बिहान खुकुरी प्रहार गरी घाइते बनाएकी छिन्। घरमै गएर सुतिरहेको अवस्थामा महिलामाथि खुकुरी प्रहार गरेलगतै पौडेलले केही पर गएर सोही खुकुरीले आफैँ घाँटी रेटेर आत्महत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। घाइते भएकी दुवै महिलाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ। घाइते ओझाको टाउको र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरिएको उनको अवस्था गम्भीर रहेको डिएसपी श्रेष्ठको भनाइ छ। प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने पौडेलले पेशा निर्माण व्यवसायीको काम गर्दै आइरहेका थिए। पौडेलले घाइते बनाएकी ओझाको घर बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। घटना आर्थिक लेनदेनको विषयमा हुन सक्ने प्रहरीको आशंका छ। यता घटना बारेमा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएका प्रहरी टोलीले घटनास्थल पुगेर थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ६ : २६ बजे