४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा विप्लव नेकपाले जलायो दुई ट्रक



सुर्खेत ।
बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा दुई ट्रकमा आगजनी गरेको छ। शनिबार बिहान नेपालगञ्जबाट खाद्यान्न बोकेर सुर्खेत आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रक सत्तरीमा र नम्बर नखुलेको गाडी सुर्खेत पश्चिमको बड्डीचौरमा आगजनी गरेको प्रहरीले जनाएको छ । विप्लवका कार्यकर्ताले बिहान ४ बजेतिर ट्रकमाआगजनी गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरक चौलागाइँले जानकारी दिए। अहिले लामो दूरीका सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य पठाइरहेको छ । पुस २२ गते विद्यार्थीहरूको जिल्ला सम्मेलनको तयारीको सिलसिलामा सुर्खेत जिल्लाबाट विप्लव नेकपाका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुटो मुद्दामा गिरफ्तार गरेको भन्दै बन्द गरेको हो ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ६ : ०० बजे