४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पत्रकार मनोहर ढकालको हत्यामा संलग्नसहित चार जना पक्राउ



मकवानपुर ।
पत्रकार मनोहर ढकालको हत्यामा संलग्न आरोपित दुईजनासहित मोबाइल र सुन खरिद गर्ने अन्य दुईजनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।
हेटौंडा ११ नवलपुर निवासी संचारकर्मी तथा शिक्षक मनोहर ढकालको हत्यामा संलग्नलाई शनिबार प्रहरीले सार्वजनिक गरेको हो । हेटौंडा १ भैरवडाँडाको जंगलमा हत्यामा संलग्न हुनेमा हेटौंडा ११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय प्रविण वाइवा रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराइले बताउनुभयो ।

प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दश दिनसम्मको लामो अनुसन्धानपछि हत्यामा संलग्नलाई पक्राउ गरेको हो । ढकालको हत्या गरेर बिक्री गर्न ल्याएको मोबाइल खरिद गर्ने व्यवसायी भीमफेदी गाउँपालिका ६ का ३१ वर्षीय दिनेश थापा र सुनको औंठी खरिद गर्ने सुन व्यवसायी हेटौंडा २ का नारायणबहादुर सुनारलाईसमेत प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा घटनाका मूख्य अभियुक्त पुडासैनीले आफूले ढकाललाई कुटपीट गर्दै धकेलेर हत्या गरेको स्वीकारेका छन् ।

हत्यामा संलग्नलाई मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर अन्तर्ग जन्म कैदसमेत हुनसक्ने व्यवस्था छ । ढकालको पुस २५ गते साँझको समयमा भैरवडाँडाको जंगलमा हत्या भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ५ : ४८ बजे