४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सामूहिक बलात्कारमा संलग्न पक्राउ



दाङ ।
सर्वाेच्च अदालतले सजाय फैसला गरेको झन्डै दुई वर्षपछि दाङ प्रहरीले सामूहिक बलात्कार काण्डका दोषी विष्णु चौधरीलाई पक्राउ गरेको छ । २०६५ साल चैत महिनामा बिजौरीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न रहेका चौधरीलाई दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वाेच्च अदालतका न्यायाधीशद्धय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले बलात्कार गरी लुटपाट गरेको आरोपमा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । अदालतको फैसला पश्चात चौधरी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले चौधरीलाई तुलसीपुर—१८ मा रहेको घरबाटै शुक्रबार पक्राउ गरेको जनाएको छ । चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको छ । चौधरीलाई देउखुरीकी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : ४ माघ २०७५ शुक्रबार ००:००  ३ : १४ बजे