४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्रदेश पाँचको राजधानी बुटवल कायम गर्न माग गर्दै कांग्रेसको प्रदर्शन



बुटवल ।
नेपाली कांग्रेस रुपन्देहीले अहिले अस्थायीरुपमा कायम रहेको प्रदेश नम्बर ५ को राजधानी बुटवलमा स्थायी रुपमा कायम गर्नुपर्ने माग सहित वृहत विरोध र्याली तथा सभा गरेको छ । रुपन्देहीमा रहेका १६ वटा स्थानिय तहबाट सहभागी रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले बुटवलको राजमार्ग चौराह देखि कार्यक्रम आयोजना स्थल बुटवलको ट्राफिक चौक सम्म विरोध र्याली प्रर्दशन गरेका हुन ।
। गत वर्ष माघ ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला बुटवललाई अस्थायी राजधानी घोषणा गरीएको थियो ।
अस्थायी राजधानी घोषणाको वर्षगाठको दिन पारेर कांग्रेस रुपन्देहीले स्थायी राजधानी घोषणा गर्न दबाव दिन खबरदारी सभा कार्यक्रम गरिएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  १० : ३२ बजे