४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको आरोपमा फेरि एकजना पक्राउ



काठमाडौं ।
तत्कालीन विवेकशील साझा पार्टीका संयोजक र नेता रञ्जु दर्शनाका बारेमा भ्रामक समाचार लेखेको आरोपमा फेरि एकजना पत्रकार पक्राउ परेका छन्। पक्राउ पर्नेमा क्यापिटल हेडलाई डटकमका सम्पादक गोरखा गण्डकी नगरपालिका ३ का सुमन अधिकारी रहेका छन्।
उनलाई अपराध महाशाखाको टोलीले बिहीबार नयाँबजारबाट पक्राउ गरेको हो। यस अघिपनि रञ्जु दर्शनाका बारेमा भ्रामक समचार प्रकाशन गरेको भन्दै प्रहरीले मुक्ति मिडिया प्रालि र नेपाल डक डटकम अनलाइनका संचालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ का श्याम रोकालाई पक्राउ गरेको थियो। उनीहरू दुबै जनामाथि विद्युतीय अपराधअन्तर्गत अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। गत शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिएलगत्तै विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसँग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै रञ्जुले आइतबार पाँचवटा अनलाइनविरुद्ध अपराध महाशाखामा उजुरी दिएकी थिइन्।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  १० : १८ बजे