४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सरकारद्धारा वर्खास्त गरिएकी लक्की शेर्पा किन अष्ट्रेलिया फर्किइन् ?



काठमाण्डौँ ।

एक महिनासम्म पनि आफ्नो विषयमा टुंगो नलागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाल अष्ट्रेलिया फर्कनु भएको छ । परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल गरेपछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन्।
शेर्पा काममा फर्केको हो या यहाँको व्यवस्थापन मिलाउन आएकी हुन् त्यो स्पष्ट भएको छैन।परराष्ट्रमन्त्री ज्ञवालीले शेर्पाबारे छिट्टै निर्णय हुने बताए पनि पछिल्लो भेटघाटको विषयबारे स्पष्ट नभएको परराष्ट्र स्रोतले जानकारी दियो।

यसअघि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजदूत शेर्पालाई राजीनामा गर्न सुझाव दिएको जानकारी गराएका थिए। केही दिनअघि शेर्पालाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको समाचार सार्वजनिक भएको थियो।

लगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कुनै निर्णय नभएको बताएका थिए। राजदूत शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत सोमबार बालुवाटारमा भेट्नु भएको थियो । भेटका क्रममा शेर्पालाई राजीनामा गर्न सुझाइएको थियो।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ८ : २६ बजे