४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

रोकिएन गोरु तस्करी, प्रशासनको नजर कहिले पर्ला ?



मायादेवी अनलाइन, चन्द्रौटा ।

गोरु ओसार–पोसारमा बालबालिका र युवाहरुको व्यापक प्रयोग हुने गरेको पाईएको छ । एक जोडी गोरु बहादुरगंज हाटबजार देखि तस्करीको अखडामा ल्याए बापत पाँच सय रुपैया पाउने भएपछि बालबालिका युवाहरु ओसार पोसारमा लागेको पाईएको हो ।

तस्करीमा बालबालिकाको प्रयोग गर्दा जोखिम कम हुने भएकाले तस्करहरुले बालबालिकाको प्रयोग गर्दै आएका छन । जिल्लाको बहादुरगंजमा सोमबार लाग्ने पशुहाट बजारबाट अखडा सम्म गोरु तस्करी गर्नेको लागि सो दिन बालबालिकाहरु विद्यालय नजाने गरेको स्थानीयको भनाई रहेको छ ।

जाडो मौसममा काम खासै हुँदैन घरमा यतीकै बस्नुभन्दा गोरु ओसार पसारमा लाग्दा राम्रो आम्दानी हुन्छ । त्यसैले गोरु ओसार पसारमा लागेका बताउछन् । नाम नखोल्ने शर्तमा एक २४ वर्षिय युवाहाट बजारबाट तस्करीको अखडा स्थलमा एकजोडी गोरु ल्याईदिए वापत पाँच सय रुपैया पाउने गरेको उनको भनाई रहेको छ ।

शिवराज नगरपालिका वडा नं. ७ जवाभारी र लालपुर गाँउ गोरु तस्करहरुको मुख्य क्षेत्र बनेको छ । शिवराज नगरपालिका वडा न ११ र वडा न ७ को सिमानामा पर्ने लालपुर गाउँ देखि ५०० मिटर दक्षिण र जवभारी गाउँको उत्तर क्षेत्रमा गोरुहरु जम्मा गरी ट्रकमा लोड गर्ने गरेको स्थानियले बताएका छन ।

प्रदेश नं. ५ अन्तरगत रहेको स्थानीय तह कृष्णानगर नगरपालिकाका संग जोडिएका भारतीय सिमा नाकाबाट नेपाल तर्फ गाँउ क्षेत्रको बाटो प्रयोग गरि दिनहुँ सयौको हाराहारीमा गोरु तस्करी भईरहेको छ ।

भारत बाट खेती गर्ने प्रयोजनाका लागि ल्याईएका गोरुहरु नेपालको बहादुरगंज र बाँकेको रमवापुर पशु हाटबजारबाट किनेको फर्जी कागज बनाइ कपिलवस्तुको चन्द्रौटा,कृष्णनगर सडक खण्ड प्रयोग गरि शिवराज नगरपालिका वडा नं. ७ जवभारीको बाटो प्रयोग गर्दे लापुरपुर गाँउको उत्तरमा तस्करहरुले राख्ने गरेका छन । यसरी संकलन गरिएका गोरुहरुलाई यहाबाट पुर्व तर्फ पठाउने गरेको प्रत्यक्षदर्शी बताएका छन ।

स्थानीय केही नेतारुको संरक्षण पाएका तस्कहरु लामो समय देखि यस क्षेत्रलाई गोरु तस्करीको मुख्य अड्डा बनाएका छन । यस विषयमा पटक,पटक कुरा उठाए पनि स्थानिय प्राशासन मौन रहेको स्थानियहरुले गुनासो गरेका छन । तर यता ईलाका प्रशासन कार्यालयका प्रमुख नरबहादुर खड्काले आफुलाई यस विषयमा कुनै पनि जानकारी नभएको बताएका छन् ।

अनुसन्धान पश्चात कारवार्ही प्रक्रिया अगाडी बढाउने उनले बताएका छन । चन्दौटामा रहेको वडा प्रहरी कार्यालयलाई छलेर रातको समयमा ट्रकमा लोड गरि राजमार्गको बाटो हुँदै पुर्वी नेपालको इलाम र सुनसरी सम्म पुर्याउने गरेको र त्यहाँ बाट  बंगलादेश सम्म निकसी हुने गरेको श्रोतले बताएको छ ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ५ : ३४ बजे