४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो



पर्वत ।
बागलुङ र पर्वतको सिमाना मालढुंगा नजिकै आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र अर्का एक जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनाका घाइते २२ जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ भने ६ जनाको पर्वत जिल्ला अस्पतालमा पठाइएको छ । गम्भीर घाइते भएका मध्ये ६ जनालाई अञ्चल अस्पतालमा सामान्य उपचार पछि पोखरा पठाइएको अस्पतालका निमित्त प्रमुख शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ५ : २५ बजे