४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कस्तो छ आजको मौसम ?



काठमाडौं । 

देशका पहाडी क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही क्षेत्रमा बिहान बादल लागेको भए पनि दिउँसो मौसम सफा रहने मौसमविद शान्ती कँडेलले बताएकी छन ।

तर काठमाडौँ उपत्यकासहित देशभरका पहाडी तथा उच्च पहाडी क्षेत्रको मौसम भने बदलीको अवस्थामै रहने छ । केहीबेर घाम लाग्ने र फेरि बदली हुने क्रम चल्ने उनले बताउनुभयो । पहाडी क्षेत्रका केही ठाउँमा छिटफुट पानी पर्ने देखिए पनि खासै वर्षाको सम्भावना नरहेको मौसमविदको भनाई छ ।

बुधबार बेलुका पश्चिमबाट नेपालमा पश्चिमी वायु भित्रिएको र यसको प्रभाव रातभरमा पूर्वसम्म पुगेकाले विशेष गरी पहाडी क्षेत्रमा बदली भएको हो । बिहान ३.२ डिग्री मापन भएको काठमाडौँ उपत्यकाको तापक्रम दिउँसो बढेर १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ४ : ३० बजे