४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

स्थायी राजधानी रुपन्देही राख्न माग गर्दै कांग्रेस शक्ति प्रर्दशनमा



रुपन्देही ।
पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीमा कायम गर्न दवाब दिन नेपाली कांग्रेसले आज बुटवलमा जनप्रदर्शन गर्दैछ ।
गएको वर्ष आजकै दिन तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रदेश पाँचको अस्थायी राजधानी तोकेको थियो ।
बुटवलमा अस्थायी रुपमा तोकिएको राजधानीलाई स्थायी बनाउन र प्रदेशको नामाकरण गर्न सरकारले आलटाल गरेको र राजधानी नै अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न जनप्रदर्शन आयोजना गरिएको कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालले बताउनुभयो ।
बिहान ११ बजे बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने जनप्रदर्शन पछि आयोजना हुने सभालाई कांग्रेसका युवा नेताहरु बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा, डाक्टर चन्द्र भण्डारी लगायतले संवोधन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनमा ५० हजार समर्थक र कार्यकर्ता उतार्ने बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले दाबी गर्नुभएको छ ।
कांग्रेसले बुटवलको जनप्रदर्शनलाई ऐतिहासिक बनाउन तयारी गरेको रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाकले बताउनुभयो ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ४ : २८ बजे