४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

पर्वतमा बस दुर्घटना, तीन जनाको मृत्यु, थप विवरण आउन बाँकी



पर्वत ।
पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । २० जना भन्दा धेरै घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ४ : १४ बजे