४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

केन्द्रसम्म सडक जोडिएपछि स्थानीयवासीमा खुशीयाली



पाल्पा ।
सडक सञ्जालले पछाडि परेको पाल्पाको पूर्वखोला गाउँपालिकाको केन्द्रसम्म सडक जोडिएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।
गाउँपालिकाको केन्द्र सिकारभञ्याङ अर्खलडाँडा रामपुर नगरपालिका–९ को बगैँचासम्म र पूर्वखोला–१ सिलुवा सम्मको १० किलोमिटर सडक जोडिए पछि स्थानीयवासीलाई सहज भएको छ ।
सो सडकको प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले गाउँगाउँमा सङ्घीयताको प्रतिफल देखिन शुरु गरेको बताउनुभयो । उहाँले २०७८ सालभित्र पूर्वखोला गाउँपालिका नमूना गाउँपालिका बन्ने जानकारी दिनुभयो ।
आचार्यले गाउँपालिकाका सबै गाउँबस्तीमा यातायात सेवा सहजसँग गुड्ने भएपछि अब अर्को वर्ष एक घर एक धाराको कार्यक्रम ल्याउने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाले गाउँबस्ती र टोलटोलमा सडक सुधार गर्दै जाने बताउनुभयो । कार्यालयको आर्थिक सहयोग र जनश्रमदानबाट सडक निर्माण गरिएको हो ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ३ : ३३ बजे