४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

टोप बहादुर रायमाझी भन्छन्, “राजनीति क्रान्तिको अध्याय पुरा भयो”



अर्घाखाँची ।

पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले मुलुकमा निरंकुश भएको व्यवस्थाबाट संघीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेकाले राजनीति क्रान्तिको अध्याय पुरा भएको बताउनुभएको छ । अब  एजेण्डा विकास र सम्बृद्धिको मालामा देश र अर्घाखाचीलाई कसरी उन्ने भन्ने विषयमा योजना अघि बढेको दावी गर्नुभयो ।

शीतगंगा नगरपालिकाको बराहदह मेलाको उद्घाटन गर्दै रायमाझीले अब आर्थिक क्रान्ति गरेर मुलुकलाई सम्बृद्ध पार्ने दावी गर्नुभयो । अब शीतगंगामा बाख्रा, कुखुरा, रागा, गोरु, गाई, भैसी, बंगुरपालन लगायत पालनैपालनको क्षेत्र बनाएर विकास गर्ने उहाले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले एकमात्र गोही पाइने बरादह क्षेत्रको विकासका निम्ती गोहीका विषयमा विज्ञद्धारा अनुसन्धान गर्नुपर्ने बताउनुभयो । शीतगंगा छरिएर रहेको बस्ती र दुर्गम भएपनि विकासका संभावना रहेको बताउनुभयो  ।

कार्यक्रममा प्रदेस सांसद चेतनारायण आचार्य, जिल्ला समन्वय समिति उपप्रमुख ऋषिबहादुर पुलामी, शीतगंगा नगर प्रमुख सुर्यप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, वडाध्यक्ष भीम केसी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ३ : २६ बजे