४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कपिलवस्तु जेसिजको अध्यक्षमा घिमिरे निर्वाचित



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तु जेसिजको अध्यक्षमा खुमानन्द घिमिरे सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकोछ  । बुधबार भएको जेसिजको १९ औं शाखा अधिवेशनबाट घिमिरे अध्यक्षलाई सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।

यस्तै कार्यकारी उपाध्यक्षमा गुरुदेव पौडेल, सुनिल पाण्डे निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा चन्द्रकान्त पोख्रेल, कमल क्षेत्री, सुरेन्द्र घिमिरे र बाबुराम अर्याल निर्वाचित हुनुभएको छ ।

अधिवेशन पछि आज नै भएको प्रथम बैठकबाट महासचिवमा सुशील खत्री, कानुनी सल्लाहकारमा अमृत घिमिरे र शाखा सम्पादकमा महेश घिमिरे चयन हुनुभएको छ ।

सन् २००० मा स्थापना भएको कपिलवस्तु जेसिजको हाल सुविधा सम्पन्न भवन छ भने विगत दुई बर्ष देखि एम्बुलेन्स पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७५ बुधबार ००:००  ५ : १२ बजे