४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

पिपरामा भुकम्पको असर र पूर्वसावधानी विषयक गोष्ठि



मायादेवी अनलाइन, कपिलवस्तु । 

भुकम्प सुरक्षा दिवसको अवसर पारेर वाणगंगा नगरपालिका २ स्थित जनता माध्यमिक विद्यालय पिपराले भुकम्पको असर र पूर्वसावधानी विषयक गोष्ठि सम्पन्न गरेको छ ।

गोष्ठिमा भुकम्पले ठुलो जनधनको क्षति गरेपनि राज्यले त्यसबाट पाठ नसिकेको भन्दै भुकम्प रोक्न नसकिए पनि पुर्वसावधानी अपनाएर क्षति न्यूनीकरण गर्ने तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिइएको थियो । गोष्ठिमा बोल्दै विद्यालयका प्रध्यानाध्यापक रमेश पन्थीले सरकारले विद्यालयको पाठ्यक्रममै विपद सम्बन्धि सचेतना समेट्ने प्रयत्न गरे पनि त्यो प्रभावकारी नभएको बताउनुभयो ।

उहांले विपदअघिका सावधानीबारे बाल्यावस्थादेखि नै बुझाउनुपर्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका विषयकस्तुलाइ अझ सापेक्ष र प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक उज्ज्वल अधिकारीले भुकम्प आफैमा भौगर्भिक प्रकोप भए पनि यसको असर भौतिक संरचनाहरु र असावधानीका कारणले बढ्ने हुदा भौतिक संरचनाहरु निर्माण गर्दा भवन निर्माण आचारसंहिता २०७२ लाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षकहरुले सहभागी विध्यार्थीहरुलाई भुकम्प सुरक्षाका बारेमा प्रशिक्षित गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २ माघ २०७५ बुधबार ००:००  १० : ०२ बजे