९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदै



काठमाडौँ । 

८५ वर्षअघि अर्थात विसं १९९० को माघ २ गते गएको भूकम्पको सम्झनामा बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदैछ । औपचारिक रुपमा भूकम्प सुरक्षा दिवस मनाउन थालेको यो २१ औँ वर्ष हो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

दिवसको अवसरमा यस वर्षको नारा ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ तय गरिएको छ । राजनीतिक परिवर्तन पछिको आम चुनावबाट बनेका सरकार राज्यका तीनै तहमा हुँदा पनि भूकम्पीय सुरक्षाको क्षेत्रमा त्यति काम हुन सकेको छैन ।

पछिल्लो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै ९ हजार भन्दा धेरैको ज्यान गएको थियो । यो भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किए ।

पछिल्लो गोरखा भूकम्पको झण्डै चार वर्ष हुन लाग्दा पनि अझै पुनर्निर्माणले गति लिएको जस्तो देखिएको छैन । यस्तै भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको नेपालमा आउँदा विपदको तयारी पनि भएको देखिँदैन । सरकारले भने आफूहरु पुनर्निर्माण तथा जोखिम न्यूनिकरणका लागि भरपूर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २ माघ २०७५ बुधबार ००:००  ४ : ३८ बजे