४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पार्टी फुट अप्रिय भए पनि थप शशक्त हुने बाटो खुल्यो : प्रबक्ता आचार्य



मायादेवी अनलाइन, कपिलवस्तु ।
विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टी फुट अप्रिय भए पनि यसले पार्टीलाई थप शशक्त बनाएर अगाडी बढ्न सजिलो हुने बताउनु भएको छ । बिभिन्न आरोपहरु लगाउँदै उज्जवल थापा लगायतको टोलीले पार्टी फुटाएर जानु गलत भएको भन्दै यसको मूल्यांकन इतिहासले गर्ने उहाँले प्रष्टाउनुभयो ।
रेडियो मायादेवीको विहानी कार्यक्रम समय संवाद संग बुधबार विहान कुरा गर्दै प्रवक्ता पार्टीका असन्तुष्टिहरु केन्द्रिय समितिको बैठकमा राखेर छलफल गर्नुको साटो पार्टीलाई फुटाएर उज्जवल थापाले विधिको शासनलाई लत्याएको आरोप लगाउनुभयो ।
उज्जवल थापाको छापामार शैलीले उहाँलाई नै घाटा लाग्ने बताउँदै ढिलोचाँडो उहाँहरु पर्टीमा फर्कने पनि दाबी गर्नु भएको छ । १० बर्ष पछाडी पार्टी फुटेको भए त्यसले ठुलो नोक्सानी पुर्याउने तर्फ इगित गर्दै पार्टी विभाजनको घटनाबाट कार्यकर्तालाई निरास नहुन आग्रह गर्नु भएको छ ।
अहिले पार्टीमा सामान्य ठेस लागेको भए पनि अब पार्टी झन् शशक्त भएर जाने भन्दै आचार्यले कार्यकर्तालाई आत्मविश्वास नगुमाउन आग्रह गर्नु भएको छ ।
विवेकशील साझा पार्टीले पहिलो महाधिवेशन आगामी वर्ष फागुन १५ देखि १९ सम्म काठमाडौंमा गर्ने बताउँदै त्यसको लागि यही माघ १२ गते ’विवेकशील साझा राष्ट्रिय सन्देश भेला’ आयोजना गनपनि उहाँले बताउनुभयो ।
पार्टीका पछिल्ला चुनौतीको समिक्षा गरी आगामी बाटो तय गर्न सो भेला आयोजना गरेको पनि उहाँले बताउनु भएको छ ।

प्रकाशित मिति : २ माघ २०७५ बुधबार ००:००  ४ : ३६ बजे