५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पश्चिमका केही स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना



काठमाडौँ ।

देशका पश्चिमी भूभागमा सामान्य बदली तथा पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली रहेपनि अन्य स्थानमा आजको मौसम सामान्यता सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौमसविद राजु प्रधानाङ्गले पश्चिमी भेगका केही स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाले पश्चिमका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना पनि रहेको बताउनुभयो । काठमाडौँ उपत्यकामा पनि दिउँसो बदली नै रहने मौसमविद प्रधानाङ्गको भनाई छ ।

दिउँसो घाम लागेपनि बदली नै रहने भएकोले मंगलबारको तुलनामा बढी चिसो महसुस हुन सक्ने उहाले बताउनुभयो । काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ३ डिग्री मापन भएकोमा अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७५ बुधबार ००:००  ४ : ३१ बजे