५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गायिका परियार घाइते भएको समाचार भाइरल, कपिलवस्तु प्रहरी अनविज्ञ !



मायादेवी अनलाइन, वाणगंगा ।
पछिल्लो समय लोकप्रिय गायिका बनेकि लोक तथा दोहोरी गायीका शान्तिश्री परियार सवारी दुर्घटनामा पर्नुभएको छ । कपिलवस्तुको गोरुसिंगे देखि ५ किलोमिटर अगाडी गायिका सवार कार दुर्घटनामा परेको बताइएको छ ।
यद्यपि इलाका प्रहरी कार्यालय गोरुसिंगेले सवारी दुर्घटनाको खबर जानकारी हुन आएपनि सामान्य रहेकोले त्यति चासो नदिएको बताएको छ । कार्यालयका प्रहरी निरिक्षक सुवाश खड्काले सवारी दुर्घटना परेको जानकारी आएको तर दुर्घटना सामान्य रहेको जानकारी दिनुभयो । कार अनियन्त्रित भएर बाटो छाडेको मात्र हो उहाले रेडियो मायादेवीलाई भन्नुभयो, “घटनाबारे बुझेका थियौं, तर केही भएको थिएन ।” कारमा को सवार थिए भन्ने पनि आफुहरुलाई थाहा नभएको उहाले बताउनुभयो ।
सोमबार नेपालगन्जको महोत्सव कार्यक्रम सकेर बुटबल फर्कदै गर्दा कार दुर्घटनामा परेको बताइएको छ । कारको नम्बर कति हो भन्ने जानकारी पनि प्रहरीलाई छैन । गायिका परियारको अहिले काठमाण्डौ स्थित एक अस्पतालमा सामान्य उपचार भैरहेको बताइएकोछ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले घटनाबारे आफुहरुलाई केही जानकारी नभएको बताएको छ । प्रहरी निरिक्षक बाबुराजा पन्तले घटनाबारे आफुहरुलाई केही थाहा नभएको बताउनुभयो । गायिका परियार सवारी दुर्घटनामा परेको विषयलाई उनका समर्थकले सामाजिक सञ्जालबाट शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ४ : ३० बजे