५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एक लाख घुस रकम सहित महिला कर्मचारी पक्राउ



काठमाडौ ।

कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।

सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पैसासहित सहायक रजिष्ट्रार पन्थीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो ।

एक विद्यालयको राजश्व बुझाउन पुगेका सेवाग्राहीसँग पन्थीले काठमाण्डौ १४ स्थित एनएमबी बैंङ्को पार्किङबाट सेवाग्राहीसँग घुस रकम लिएर छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

घुस रकमसहित पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ७ : ४३ बजे