५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सामाजिक समस्यालाई कसरी न्युनीकरण गर्नेे ? किशोरी बीच अन्तर्रक्रिया



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको कृष्णनगरपालिका वडा नं. ७ अजीगरामा किशोरीहरु बीच अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजमा व्याप्त रहेको महिनावारी, दाईजो प्रथा, वाल विवाह र छुवाछुतलाई न्युनीकरण गर्ने विषयमा किशोरी संवाद मंचले गर्दै आएको कामको बारेमा छलफल भएको थियो । नवलपरासी जिल्लावाट कपिलवस्तुको संवाद मंचको अवलोकन गर्न आएका किशोरीहरु बीच अनुभव साटासाट भएको हो ।
जागृति काउन्सिल युथ नेटवर्क नवलपरासीमा आवद्ध किशोरीहरुले कपिलवस्तुका किशोरीहरुलाई नवलपरासीमा आफुले गरेका कामको विषयमा जानकारी गराएका थिए ।

कपिलवस्तुको संवाद मंचमा आवद्ध किशोरीहरुले जिल्लामा देखिएका समस्याको विषयमा किशोरी अनिता यादवले जानाकारी गराउनुभएको थियो ।
कार्यक्रममा फिल्ड सुपरभाईजर विजय सापकोटाले सहजीकरण गर्नुभएका थियो । कार्यक्रमको संचालन गुलसबा वानुले गर्नुभएको थियो । दलित सामाजिक विकास केन्द्र र केयर नेपालले कार्यक्रमको संयोजन गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ३ : १७ बजे