५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सवारी काण्ड : भुमिश्वर ढकाल भन्छन, ‘मेरो बदनाम गर्न खोजियो’



मायादेवी अनलाइन, कपिलवस्तु । 

नेपाल कम्युनिष्ट पार्टी प्रदेश ५ का सचेतक भुमिश्वर ढकालले प्रदेश सरकारले किनेका सवारी साधनमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाउनुभएको छ । प्रदेश सरकारले किनेका सवारी साधानमा रकम अनियमितता भएको विषयले अहिले चारैतिर चर्चा पाएको छ ।

यो विषयमा प्रमुख सचेतक ढकालको नाम जोडिदै आएको छ । तर, मंगलबार रेडियो मायादेवीको नियमित विहानी कार्यक्रम जनप्रतिनिधिसंग कुरा गर्दै उहाँले यसमा आफु र आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । आफ्नो नाम जोडेर केही व्यक्तिले चरित्र हत्या गर्न खोजेको उहाले गुनासो गर्नुभयो ।

यस विषयमा अनुसन्धान गर्नका लागि प्रदेशको सार्वजनिक लेखा समितिले विषेश समिति गठन गरेर काम थालिसकेको छ । अबका केही दिनमा यसको सत्यतथ्य बाहिर आउने भन्दै उहाले जनताले सबै कुरा थाहा पाउने बताउनुभयो । समितिले बुझाउने प्रतिवेदन पछि आफ्नो चरित्र हत्या गर्नेलाई नछाड्ने उहाले चेतावनी दिनुभयो । अनियमितता अनुसन्धानमा आफ्नो सहयोग हुने पनि उहाले बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै उहाले प्रदेशको स्थायी राजधानीको विषय छलफलमै रहेको भन्दै सबैको रायसुझावको आधारमा स्थायी राजधानी ताकिने बताउनुभयो । प्रदेश निर्माण हुदा पूर्व तीन अञ्चलको सहभागीता रहेको भन्दै आफ्नो जिल्लामा राजधानी हुनपर्छ भन्ने सोच हुनु स्वभाविक रहेको बताउनुभयो ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ३ : ०५ बजे