५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश नं. ५ मा माघीको अवसरमा आज र भोली सार्वजनिक बिदा



बुटवल ।
प्रदेश नं. ५ मा माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ गते भोली र २ गते पर्सि सार्वजनिक विदा दिने भएको हो । गएको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिको अवसरमा दुइ दिन प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रदेशमा मगर र थारु जातीको बाहुल्यता रहेको र उनीहरुले माघे संक्रान्तिलाइ महान चार्डका रुपमा मनाउने भएकाले दुई दिन पर्व विदा दिइएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।
माघीको पूर्व सन्ध्यामा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम समेत आयोजना गरेको छ ।
प्रदेशस्तरीय नेपाल मगर संघ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने सो कार्यक्रममा थारु र मगर समुदायमा प्रचलित खानाका परिकारहरु ढिकरी, माछा, घोगी, बटुक लगायत खुवाइएको मन्त्री चौधरीले बताउनुभयो ।
यता माघीको पूर्व सन्ध्यामा एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । माघी पर्वले सबै समुदाय बीच आपसी भाइचारा, सद्भाव कायम गरेको छ अध्यक्ष पोख्रेलले विज्ञप्ति मार्फत भन्नुभएको छ ।
देशमा लोकतान्त्रिक गणतन्त्र आएर जनताद्धारा लिखित संविधान बनेको भन्दै अब देश आर्थिक समृद्धिको दिशा तर्फ जाने विश्वास व्यक्त गर्नुभएको छ । नेपालमा मनाइने सबै चाडपर्व सबैका साझा भएको भन्दै उहाले माघीलाई हर्षौउल्लासले मनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  १२ : ४७ बजे