५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले सरकारविरुद्ध आन्दोलन गर्ने



काठमाण्डौ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै विरोधमा जन आन्दोलन गर्ने चेतावनी दिनु भएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले वर्तमान सरकारलाई हटाउन पनि आन्दोलनको जानुको विकल्प नरहेको तर्क गर्नुभयो ।

आगामी फागुन ७ गतेबाट मोर्चाले सरकारविरुद्ध ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा पनि गरेको छ । अध्यक्ष गजुरेलले नागरिकले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको पनि स्पष्ट पार्नुभयो ।

संसदमा दुई तिहाई बहुमतमा रहेको वर्तमान सरकारलाई हटाउन आन्दोलन एक मात्रै विकल्प भएको उल्लेख गर्दै उहाँले त्यसमा साथ दिन पनि सबैलाई आह्वान गर्नुभयो ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  १० : ०९ बजे