५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विवाद चुलिए पछि वाणिज्य सघंको निर्वाचन स्थगित



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मी उद्योग बाणिज्य संघमा व्यवसायीहरु बिच बिबाद चुलिदै गएको छ । जसका कारण नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको अधिवेशन समेत स्थगित भएको छ ।
लामो समयसम्म दलहरुले सहमतिको प्रयास गरेपनि सहमती हुन सकेन । केहि पदाधिकारी र अन्य सदस्यहरुको भागवण्डा नमिलेपछि तीन महिनाका लागि अधिवेशन स्थगित भएको हो । केही दिनदेखि गुल्मी उद्योग वाणिञ्य सघंको नयाँ नेतृत्वका लागि भएको सहमतीको प्रयास असफल भएपनि निर्वाचन स्थगित भएको हो । उद्योग वाणिञ्उ सघंका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले निर्वाचन नियामवली सच्चाउनु पर्ने कारण देखाउदै निर्वाचन स्थगित भएको बताए ।
हामीले उद्घाटन शत्र सकेर बन्द सत्र र निर्वाचन तालिका समेत सार्वजनिक गरेका थियौ अध्यक्ष पाण्डेले भने“ तर निर्वाचन मण्डलले नै निर्वाचन कार्यतालिका अनुसार निर्वाचन गर्न नसकिने बताएपछि निर्वाचन नियामवली सच्चाएर निर्वाचन गर्ने गरि स्थगित गरेका हौ ।” अध्यक्ष पाण्डेले निर्वाचन नियमावली सच्चाउने कारण देखाएपनि अन्य ब्यवसायीहरुले भने गुल्मी उद्योग वाणिञ्य सघंमा राजनिती घुसेकाले निर्वाचन स्थगित भएको आरोप लगाएका छन ।
निर्वाचन मण्डल वनाएर निर्वाचनको तालिका समेत सार्वजनिक भएपछि नियमावली सच्चाउने भन्ने हुन्छ नयाँ नेतृत्वका लागि कार्यसमिती सदस्यको उम्मेदवार समेत रहेका ब्यवसायी नेत्र पाण्डेले भने“ यो सहमती हुन नसकेपछि देखाउने नाटक मात्र हो ।” दलहरु विच भागवन्डा गरेर अगाडि बढ्दा सहमती हुन नसकेपछि यस्तो गरिएको उनले आरोप लगाए । आगामि ३ बर्षका लागि चयन हुन लागेको नयाँ नेतृत्वमा नेकपा र नेपाली काग्रेसले भागवण्डा गरेका थिए पाण्डेले थपे“नेकपावाट सहमती भएको थियो तर काग्रेसवाट उपाध्यक्षमा सहमती जुटन नसकेपछि यस्तो नाटक रचिएको हो ।”
आफुले राजनिती आस्था नेपाली काग्रेसमै राख्ने भएपनि गुल्मी उद्योग वाणिञ्य सघंमा ब्यवसायीको हकहितका लागि उम्मेदवार भएको बताए । यस्तै अर्का एक ब्यवसायीका अनुसार २०४० सालमा स्वतन्त्र ब्यवसायीहरुको हकहितका लागि आवाज उठाउने भन्दै दर्ता भएको गुल्मी उद्योग वाणिञ्य सघंमा राजनिती घुसेकाले यस्तो भएको बताए ।
‘उद्योग बाणिज्य संघ दलको चंगुलमा फस्यो, जसले धेरै व्यावसायीमा असन्तुष्टि सृजना ग¥यो,‘संघका पूर्व एक पदाधिकारीले भने,’ भागभण्डामै कुरा नमिलेर स्थगित भएको हो ।’उद्घाटन शत्र सकिएर बन्द सत्र समेत सकेर निर्वाचन प्रक्रृयामा गएको सघंका निर्वाचन प्रक्रृया स्थगित हुन दुःखद समेत भएको बताए ।
सहमती हुन नसकेपछि ब्यवसायीहरुलाइ स्वतन्त्र छोडेर निर्वाचनमा भाग लिन दिनुपथ्यो उनले भने“ दलले मिलाउने भन्दै हस्तक्षेप गरेर नसकेपछि स्थगित भएको हो ।”
उनका अनुसार अघिल्लो पटक पनि अध्यक्ष वाहेक अन्य पदमा निर्वाचन भएकाले यसपटक पनि निर्वाचनमा जानका लागि किन डराउनु पर्ने थियो र निर्वाचन गराएको भए हुने बताए । उनले ब्यवसायीहरुलाई स्वतन्त्र उम्मेदवार बन्न दिएर निर्वाचनमा जाने वातावरण बनाएको भए धेरै राम्रो हुन्थ्यो उनले अगाडि थपे“ राजनिती आडमा कसैले चुनावमा हार्ने पक्का भएपछि डराएर निर्वाचन स्थगित गरिएको हो ।”
यता नेकपा सचिव बुद्धि जिसीले आफुहरुको तर्फबाट कुनै पदमा बिबाद नभएको तर कांग्रेसमा बिबाद भएका कारण सहमति खोज्नैकै लागि तीन महिना स्थगित गरिएको बताए । ‘कांग्रेस भित्र तत्काल समाधान भेटिएन,’उनले भने,‘ दुई÷चार दिनभन्दा तीन महिनानै स्थगित गर्न सुझाव दिएका हौ ।’ बाणिज्य संघमा नेपाली कांग्रेसलाई अध्यक्ष, एक उपाध्यक्ष, महासचिव, सहकोषाध्यक्षसहित बहुमत सदस्य दिने निर्णय भएको थियो ।
नेकपालाई एक उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य दिने दलगत निर्णय भएको हो । तर सहमति कार्यान्वयन नभएपछि निर्वाचन स्थगित भएको छ । गुल्मी उद्योग वाणिञ्य सघंको विधान अनुसार ९ जना पदाधिकारी ८ जना सदस्य कुल १७ जना निर्वा्चित २ जना महिला र ४ जना मनोनित गरी २३ जनाको कार्यसमिति बन्ने प्रावधान रहेको छ ।
वाणिञ्य सघं गुल्मीमा ५ सयभन्दा बढी ब्यवसायीहरु आबद्ध रहेको छन् । उद्योग वाणिञ्उ सघं गुल्मीको शुक्रवार उद्योग महासघंका केन्द्रिय उपाध्यक्ष शेखर गोल्छाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  २ : ५६ बजे