५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नुहाउने क्रममा कुवामा खसेर महिलाको मृत्यु



दाङ ।

दाङमा कुवामा खसेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनाकी ५० वर्षीया जुगानी चौधरीको नुहाउने क्रममा कुवामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुवाको पानी मोटरले फालेर शव निकालिएको र आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ८ : ०६ बजे