५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

टिप्परको ठक्करबाट बालकको मृत्यु



महोत्तरी ।
टिप्परले ठक्कर दिँदा महोत्तरीमा एकजना बालकको ज्यान गएको छ ।

सम्सी गाँउपालिका २ पर्सामा ना ७ ख ६४२७ नम्बरको टिप्परको ठक्करबाट स्थानीय ९ वर्षीय शेख सदावको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार आइतबार बिहान ७ बजे गौशालाबाट सम्सीतर्फ जाँदै गरेको टिप्परले बालक सदावलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भैरहेको प्रहरी निरीक्षक किशोर अचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ८ : ०१ बजे