५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पश्चिम पहाडी भूभागमा पानी पर्ने सम्भावना



काठमाडौं ।
अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भेगको मौसम भने सामान्य बद्ली भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार दिउँसो पश्चिम पहाडी भेगमा पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ ।

भारतको उत्तरप्रदेशमा बनेको न्युनचापीय प्रणालीका कारण पश्चिमी भेगमा पानी पर्ने सम्भावना भएको हो । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै हुने उहाँको भनाइ छ ।
यस्तै काठमाण्डौमा शनिबारभन्दा आइतबारको तापक्रम घटेको छ । शनिबार काठमाण्डौको न्युनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आइतबार घटेर न्युतनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ३ : १८ बजे