५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आर्थिक क्रान्तिको खाँचो सहकारी मार्फत नै सम्भव : नगर प्रमुख श्रेष्ठ



मायादेवी अनलाइन, बुद्धभूमि ।
सहकारीको विकास विना समृद्ध नेपालको परिकल्पना सम्भंव नभएको शनिबार गोरुसिंगेमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । छरिएका पूँजीलाई एकिकृत गरी स्थानीय स्तरमा रोजागारीका अवसर सिर्जना गदैं अगी बढे मात्र समृद्ध नेपालको सपना साकार हुनेमा बक्ताहरुले जोड दिएका हुन।
जय बुद्ध बहुउदेश्ीय सहकारी संस्था लिमिटटेड बुद्धभूमि २ गोरुसिंगे कपिलवस्तुको आठौँ साधारणसभामा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले देशमा राजनितिक क्रान्ती सम्पन्न भैसकेकाले अब आर्थिक क्रान्तिको खाँचो सहकारी मार्फत नै सम्भव भएको आौल्याउँदै नगरभित्रका सवै सहकारी दर्ता गरी हातेमालो गदैं आगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष राजेन्द्र सुवेदीको अध्यक्षता, उपाअध्यक्ष नारायण प्रसाद भुसालको स्वागत, सचिव दधिराम न्यौपानेको सन्चालनमा सम्पन्न कार्यक्रममा बुद्धभूमि नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, कृष्ण बन्जाडे, हिमलाल न्यौपाने, दिपा खनाल लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन अध्यक्ष राजेन्द्र सुवेदी, कोषाअध्यक्ष बुद्धिराम भुसालले आर्थिक प्रतिवेदन, लेखा संयोजक शाहस शर्माले लेखा सुपरिबेक्षण प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मतले पारित भएको थियो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, तेज बहादुर बस्नेत तिलक लगायत विभिन्न विधामा उत्कृष्टलाइ सम्मान गरिएको थियो । सोही कार्यक्रममा स्थानीय विद्यालयका कलाकारले गित र नृत्यबाट थप मनोरन्जन समेत दिएको संस्थाकी व्यवस्थापक राधिका अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ३ : १३ बजे