५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

महलीसागर बाँधको विषयमा भारत संग कुराकानी भैरहेको छ : अध्यक्ष पोख्रेल



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले महलीसागर बाँधको विषयमा भारत संग कुराकानी भैरहेको बताउनुभएको छ । बर्खाको समयमा बाँधको कारण नेपाली जनता मारमा परेको भन्दै यस विषयमा भारत संग कुराकानी भैरहेको बताउनुभयो । यशोधरा गाउँपालिकामा पर्ने महलीसागर बाँध भारतले एकपक्षिय रुपमा बाध्दा नेपाली जनतालाई सास्ती हुदै आएको छ । गएको बर्खा यो बाँधकै कारण सयौं हेक्टर नेपाली भूमि ढुवानमा परेको थियो । यो समस्यालाई सरकारले समाधान गर्ने अध्यक्ष पोख्रेलले बताउनुभयो ।
नेकपा यशोधरा गाउँपालिकाको प्रथम गाउँपालिका कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको हो । फरक प्रसंगमा उहाले सरकारको काम प्रभावकारी भएको भन्दै अब देश विकास नेकपा सरकारले मात्र गर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष हजरत अलीको अध्यतामा बसेको बैठकले दुई ओटा महत्वपूर्ण निर्णय गरेको छ । जसमा अबको तीन महिना भित्र पार्टी सदस्य नविकरण गर्ने निर्णय गरेको छ । यस्तै गाउँपालिका भित्रका वडा कमिटी गठनको लागि ६ सदस्यिय प्रस्तावित समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा प्रदेश किमिटी सदस्य खुम प्रसाद आचार्य, सत्यनारायण त्रिपाठी, शिवराज नगर कमिटी सदस्य सरद अधिकारी, महादेव पा्रेखे्रेल, नेकपा नेता दिपक पाण्डे लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ३ : ०४ बजे