५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चन्द्रौटामा सहकारी व्यवस्थापन तालिमको उद्घाटन



अराज सिंह, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका  वडा नं. ५ मा रहेको सहज सहकारी संस्थामा सहकारी व्यवस्थापन तालिम शनिबारबाट सुरु  भएको छ । सहज सहकारी संस्थाको आयोजनामा रहेको सहकारी व्यवस्थापन तालिम आइतबार सम्म चल्ने सहज सहकारी संस्थाका व्यवस्थापक कलु थारुले जानकारी दिनुभयो ।

सहकारीका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको तालिमको उद्घाटनसस्त्रलाई सम्बोधन गर्दै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । दुई दिन सम्म चल्ने तालिमले सहकारीको बारेमा जानकारी दिन मद्धत मिल्ने नगर प्रमुख अधिकारीले बताउनुभयो ।

कार्यक्रममा किर्डाक नेपाल संस्थाका कार्यक्रम संयोजक भण्डारी,  शिक्षा समिति संयोजक सीता थापा, शिवराज नगरपालिका कार्यपालिका सदस्य टिका बि.क, भ्वाइस एफएमका अध्यक्ष टुक प्रसाद अर्यालको उपस्थित रहेको थियो । तालिममा शिवराज नगरपालिका सामाजिक बिकास अधिकारी देब भण्डारीले प्रशिक्षण दिनुहुनेछ ।

 

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  २ : ४५ बजे