५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हिमालीको ११ औँ साधारण सभा सम्पन्न



रामबहादुर गन्धर्व, कोपवा ।
हिमाली वचत तथा ऋण सहकारी संस्था वाणगंगा ५ कोपवा कपिलवस्तुको ११ आँै साधारण सभा सम्पन्न भएको छ । ‘आजको वचत भोलीको सुनौलो भविष्य’ भन्ने मुल नाराका साथ शनिबार अन्नपूर्ण विद्या मन्दिरको प्राङ्गणमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही युगल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द पोख्रेल, वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, संस्थाका पूर्व अध्यक्ष चन्द्रमणी क्षेत्री, नेपाल ट्रयाक्टर समितिका अध्यक्ष अब्दुल सप्तार खाँ लगायतले संस्थाका अनुकरणीय कार्यहरुको प्रशंसा गर्दै सहकारी संस्था बचत गर्ने थलो मात्रै नभई समुदायका गरिब र विपन्न वर्गका नागरीकहरुको लागि सुख दुःखको साथि भएको बताएका थिए ।
कार्यक्रममा भरतराज न्यौपानेले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सस्थाका कोषाध्यक्ष कमल प्रसाद खनालले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १२ करोड ३४ लाख ४२ हजार ५ सय २३ रुपैयाँ बराबरको आयव्याय सार्वजनिक गर्नुभएको थियो ।
सो अवसरमा संस्थाले ६ जना मेधावी वाल बचतहरुलाई खादा र प्रशंसापत्रले सम्मान गरेको छ भने जेष्ठ नागरिक, शेयर सदस्यहरुलाई फूलमाला, प्रमाणपत्र र नगद सहित दोसल्लाले सम्मान गरेको छ । कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा सहित मायाको चिनो प्रदान गरिएको थियो ।
विभिन्न किसिमका नृत्यहरु समेत प्रस्त्ुुत गरीएको कार्यक्रम संस्थाका अध्यक्ष दुनिका प्रसाद भुुसालको अध्यक्षता, वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति कपिलवस्तुकी उप प्रमुख तारावति चौधरी, जिल्ला सहकारी संघका उपाध्यक्ष तेज प्रसाद आचार्य लगायत विभिन्न संघ-संस्थाका पदाधिकारी, संचारकर्मी लागयतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष वाबुराम अर्यालको स्वागत मन्तव्य र सचिव भरतराज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  २ : १२ बजे