५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वडा नं. ७ मा बेमौसमी तरकारी खेती तालिम शुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मा बेमौसमी तरकारी खेती तालिम शुरु भएको छ । वडा कार्यालय मोतीपुरमा शनिबार देखि दुई दिने तालिम शुरु भएको हो ।
वडाको कृषक तालिम तथा विउविजन वितरण कार्यक्रम अन्तरगत तालिम शुरु भएको वडा कार्यालयले जनाएको छ । तालिममा वडा भित्रका २ सय जना अगुवा कृषकको सहभागीता रहेको छ ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष विष्णु गिरीले तालिममा सिकेका कुरा व्यवहारमा कार्यन्वयन गर्न आग्रह गर्नुभयो । तालिम पश्चात घरमै तरकारी खेती गर्नका लागि सहयोग मिल्ने उहाले विश्वास व्यक्त गर्नुभयो ।


तालिमको सहजीकरण वाणगंगा कृषि शाखाका प्रमुख धनिराम आचार्य र कृषि प्राविधिक पदम घिमिरेले गर्नुहुनेछ । तालिम उद्घाटशस्त्र वडा अध्यक्ष गिरीको अध्यक्षता र कार्यालय सहायक तेज कुमारी पौडेलको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  २ : ०७ बजे