५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

निसार भन्नुहुन्छ : ‘नियतवस मेरो बदनाम गर्न खोजियो’



मायादेवी अनलाइन ।
लगभग तीन वजेको समयमा सुक्खु गडरियाको आरा मिलमा हामी तीन चार जना बसेका थियौ । त्यही समयमा वडा नं. २ मदारगढ वस्ने जाडिया भन्ने मान्छे अलि पर गएर, मेरो छोरीलाई लुक्कुरको भाईले कुुटपीट गरी भागेको बताए । निजको मोवाइल त्यही नै छुटेको रहेछ, मैले माग्दा आफ्नो गोजीवाट निकालेर दियो । मैले सोध्दा उसैको मोवाइल हो ? हो उसैको मोवाइल हो भन्यो । अरु कुनै गलत कार्य त गरेको छैन नी मैले सोधे । त्यसले बेस्मेरी कुटपीट गरेको मात्र बताए । तत्कालै मैले उनिहरुकै अगाडी नै लवनी प्रहरी चौकीका प्रमुख पदम रोकायालाई फोन गरे ।

फोनमा मैले भने जाडियाको छोरीलाई लुक्कुरको भाईले वेस्सरी कुटपिट गरेको रहेछ प्रहरी पठाई त्यसलाई समातेर ल्याइ छलफल गर्नुप¥यो । उताबाट प्रहरी प्रमुख रोकायाले उनीहरुलाई पठाइदिनुुस म त्यस पछि लुक्कुरको भाईलाई प्रहरी पठाई बोलाउने छु । त्यस पछि मैले उनीहरुलाई प्रहरी चौकी लवनीमा पठाए । यहाँ आए पश्चात मलाई भने अनुसार नै प्रहरीलाई सो घटनाबारे मैले बताए । त्यस पछि प्रहरी प्रमुखले प्रहरी लगाई सुलेन्दरलाई बोलाउन पठाए । प्रहरीले निजलाई प्रहरी चौकीमा ल्याए । प्रहरी चौकमा छलफलको दौरान निज जाडियाले जवरजस्ती करणीको मुद्दा दर्ता गर्न भने ।

त्यस पछि प्रहरी प्रमुख रोकायाले पहिले कुटपीट मात्रै गरेको भन्नुभयो, अब करणी मुद्दा भनेर भन्नुहुन्छ, पहिले भनेको भए दर्ता हुन्थ्यो नी यो प्रश्न राख्नुभयो । त्यस पछि उहाले उसलाई जिल्लामा पठाईदिने बताउनुभयो । त्यस पछि प्रहरी प्रमुख रोकायाले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाई दिनुभयो । यो ७ गतेको कुरो हो । अनि दोश्रो दिन ८ गते ८ बजे तिर केटा पक्षको दाई लुक्कुर र ६, ७ जना मानिसहरु मेरो घरमा आए उनीहरुले जाडियाले जवरजस्ती करणीमा फसाईरहेको छ । जवकी कुटपीट मात्रै गरेको हो भन्ने कुरा भने । त्यो जाडियालाई जिल्ला प्रहरी कार्यालय, तौलिहवामा गई निजलाई करणी मुद्दा दर्ता नगराउन सम्झाई दिनुस भनेर भने, त्यस पछि मैले भने हिजो त तीनै जनाले कुटपीट मात्र गरेको हो भनेका थिए ।

त्यस पछि म केटा पक्षसंग जिल्ला प्रहरी कार्यालयमा गए, त्यस बेलामा जाडिया र उसको पत्नी बाहिर आइरहेका थिए, केटी चाही कन्ट्रोल रुमको साईडमा उभिरहेकी थिइन । त्यही पतरिया गाविसका पूर्व अध्यक्ष श्री मुजीव खां संग मेरो भेट भयो । अनि मैले उहाँ संग यो जाडिया कहाँ गईरहेको छ सोध्नुस त भने ? अनि उहाँले ए जाडिया यता आउ भने पछि हाम्रो अगाडी आयो । अनि मैले सोध कहाँ जान लाग्नुभयो ? उसले भन्यो म जाहेरी लेखाउन गइरहृको छु । मैले फेरी सोधे के को जाहेरी ? उसले भन्यो जवरजस्ती करणीको जाहेरी लेखाउन गई रहेको छु ।

अनि मैले जाडियालाई भने हिजो तपाईले म सित कुटपीट मात्रै भएको छ भन्नु भयो अनि आज चाँही जवरजस्ती करणी मुद्दा दर्ता गराउन गई राख्नु भएछ, तपाई आफै आफ्नो छोरीको नाम बदनाम गरिरहनु भएको छ । उसको अहिले विवाह पनि भएको छैन, वदनाम भए पछि राम्रो केटा पनि पाइन्न भनेर बेस्सरी सम्झाए । पूर्व गाविस अध्यक्ष मोजिव खां ज्यूले पनि सम्झाउनुभयो । हामी दुवै जनाले सम्झाएर उसलाई लागेन । म मान्दिन भनेर उ बाहिर निस्कायो । त्यस पछि हामी पनि घर तिर फर्कियौँ ।

अर्को दिन ९ गते जिल्ला म समन्वय समितिको वैठकमा थिए । अलिकत बाहिर निस्के पछि एक जना मिडियाकर्मीले मलाई फोन गर्नु भयो । अनि म संग सोध्नुभयो तपाई जाडियाको छोरीको केस मिलाउन जानु भएको थियो ? मैले भने हो गएको थिए, मैले उसको बुवालाई धेरै सम्झाए तर मानेन पूर्व अध्यक्ष मुजिप प्रधानले पनि सम्झाउनु भयो तर मानेन, उसको इज्ज्तको लागि सम्झाइरहेको थिए, मुद्दा चले पछि छोरीको वदनाम हुन्छ भनेर सम्झाएं तर मानेन । अनि करणी मुद्दा कस्ले मिलाउन सक्छ भनेर पत्रकारले प्रश्न गरे । यही कुरालाई लिएर म प्रहरी सामु कुटपीट मुद्दा बुझ्न गएको थिए । तर, करणी मुद्दा मिलाउन खोजेको भनी मलाई बदनाम गर्न काम भयो ।

म अहिले दुसी छु । सकारात्मक तरकारीले सोच्दा सोच्दै म माथि ठूलै बज्रपात भएको छ । म गाउँपालिकाको प्रमुख कुनै दल विशेषले भएको होइन । मलाई जनताले जिताएका हुन । म गाउँपालिका अध्यक्ष रहुन्जेल स्वच्छ भावनाले काम गर्ने प्रण लिएको छु । तर, केही व्यक्तिले मेरो बदनाम गर्ने नियत राखे । गलत मनशायले गरिएको प्रचार प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

(मायादेवी अनलाइनका प्रतिनिधि संग गरिएको कुराकानीमा आधारित विचार)

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  ४ : १० बजे