५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

फुट्यो विवेकशील साझा पार्टी, कारण के होला ?



काठमाडौं ।
आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका एक संयोजक उज्ज्वल थापा लगायतले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।
उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन ।
केही समय अघिदेखि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्ज्वल थापाबीच मतभेद बढेको खबर सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  २ : २२ बजे