५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एक महिने निशुल्क एड्भान्स बुटिक तालिम सकियो, उपलब्धि होला ?



दीपा महत, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ मा सञ्चालित एक महिने निशुल्क एड्भान्स बुटिक तालिम सकिएको छ । वाणगंगा नगरपालिका वडा नम्बर २ पिपराको आयोजनामा सञ्चालित तालिमको समापन गर्दै वडा अध्यक्ष विष्णु पौडेलले सिकेका कुरा ब्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । भौतिक विकासले मात्र वडाको समृद्धी हुन नसक्ने भन्दै उहाले यस प्रकारका तालिमले आय-आर्जनमा वृद्धि भई स्वरोजगार सिर्जनामा मद्दत मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थी आकृती विश्वकर्मा, नवजागृती टोल विकास समितीका अध्यक्ष किरण सिंह राना, प्रशिक्षक सुनिता थारु लगायतले बोल्नु भएको थियो । वडा अध्यक्ष विष्णु पौडेलको अध्यक्षता र सचिव नरेन्द्र प्रसाद पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा वडाका सदस्य प्रशिक्षार्थी लगायतको सहभागिता रहेको थियो ।
एक महिने निशुल्क एड्भान्स बुटिक तालिम लिएका सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागिले महिलालाई आत्मनिर्भर बनाउने यस प्रकारको तालिम वडाले सञ्चालन गरेको भन्दै वडालाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  १ : ५३ बजे