५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अर्घाखाँचीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको ज्यान गयो



मायादेवी अनलाइन, अर्घाखाँची । 

अर्घाखाँचीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो गएको छ । छत्रदेव गाउँपालिका–७ देउरालिमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।  चारजना घाइते भएका छन् । दुर्घटनामा भूमिकास्थान नगरपालिका–५ बस्ने फूर्सीदेवी बमरेलको उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटनामा जीप चालक कृष्ण थापा क्षेत्रीसहित चारजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।

लु १ ज १७६८ नम्बरको जीप सन्धिखर्कबाट तम्घासका जाँदै गर्दा छत्रदेवको देउरालीमा दुर्घटना भएको जीपमा सवार यात्रु गिता पन्थीले बताउनुभयो । घाइते २ जानालाई थप उपचारको लागि पाल्पा लगिएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा छत्रदेव गाउँपालिका–४ की सरिता पाण्डे, चालक  दरबारदेवीस्थान गाउँपालिका–३ गुल्मी बस्ने कृष्ण थापा क्षेत्री, रेसुङ्गा नगरपालिका–७ बस्ने गीता पन्थी र सन्धिखर्क नगरपालिका–१२ बस्ने सिमकला कुँवर रहेको यातायातका कार्यालय गुल्मीका प्रमुख डोलबहादुर कुँवरले जानकारी दिनुभयो ।

यस्तै, छत्रदेव गाउँपालिकाको नेटाबाट भैयारतर्फ जादैँ गरेको लु १४ प ८२१० नम्बरको मोटरसाइकल ओरालोमा अनियन्त्रित भै पल्टेको थियो । दुर्घटनाबाट प्युठानको मालदेवी गाउँपालिका–२ का २३ वर्षीय भरत पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  ३ : ४८ बजे