५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रधानमन्त्री ओली आज लुम्बिनी आउँदै



मायादेवी अनलाइन, लुम्बिनी । 

पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी, मावली देवदह कपिलवस्तुको तिलौराकोट, जगदिशपुर ताल र नवलपरासीको रामग्रामको अवलोकन गराउने गरी हट एअर बेलुन उडाउने तयारी भएको छ ।

उडान शुरु गर्नेगरी नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) ले त्यसको व्यवस्थापन गरिरहेको संस्थाका प्रदेश ५ का प्रथम उपाध्यक्ष सन्जय बजिमयले बताउनुभयो ।

अन्तर्रा्ष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर लुम्बिनीमा हट एअर बेलुन उडाईन लागिएको हो । अन्तर्रा्ष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर ती बेलुन उडाउन थालिएको हो ।

एक पटकको उडानमा ७ जनासम्म चढ्न मिल्ने उक्त बेलुनमा उड्नका लागि बुकिंङसमेत शुरु भईसकेको छ । लुम्बिनीमा रहेको हेलिप्याडदेखि शुरू हुने हट एअर बेलुनमा २ किसीमको प्याकेज रहेका छन्। एउटा छोटो दुरीको १० मिनेटको र अर्को लामो दुरीको ३० मिनेटको प्याकेज छ ।

आयोजकका अनुसार छोटो दुरीको दिनमा कम्तिमा १२ पटक र लामो दुरीको कम्तिमा ३ पटक सम्म उडान गराईनेछ । लुम्बिनीमा अन्तराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट हुंदै छ । मार्टमा संसारभरीका टुर अपरेटर सहभागी हुँदैछन् ।

आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रबद्र्धन र व्यापारमा टेवा पुग्ने अपेक्षासहित नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा तिनदिने मार्टको आयोजना गरेको हो ।

अन्तर्रा्ष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टलाई आज प्रधानमन्त्री के.पी शर्मा ओलीले लुम्बिनीमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिका संयोजक विष्णु शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  ३ : ४७ बजे