५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अर्घाखाँचीमा जिप दुर्घटना, एकको मृत्यु, चार घाइते



अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ देउरालीमा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा भुमिकास्थान नगरपालिका ५ बस्ने फुर्सीदेवी बर्मेलको उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनामा चालक कृष्ण थापा क्षेत्री सहित चार जना घाइते भएका हुन् । घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ । घाइते दुईजनालाई थप उपचारको लागि पाल्पा लगिएको छ ।
लु १ ज १७६८ नम्बरको जिप सन्धिखर्कबाट तम्घास जाँदै गर्दा दुर्घटनामा परेको जिपमा सवार यात्रु गीता पन्थीले बताउनुभयो ।
दुर्घटनामा परी घाइते हुनेहरुमा छत्रदेब गाउँपालिका ४ अर्घाखाँची बस्ने वर्षीय सरिता पाण्डे, चालक दरबारदेवीस्थान गाउँपालिका ३ गुल्मी बस्ने कृष्णबहादुर थापा, रेसुङ्गा नगरपालिका ७ बस्ने गीता पन्थी र सन्धिखर्क नगरपालिका १२ बस्ने सिमकला कुवँर रहेको यातायात कार्यालय गुल्मीका प्रमुख डोलबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ११ : ३२ बजे