५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

छात्रा माथि लुकेर चक्कु प्रहार, आक्रमणमा संलग्नको खोजी जारी



नवलपरासी ।
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७, पिपरपातीमा बिहीबार बिहान एकजना छात्रामाथि चक्कु प्रहार भएको छ ।
घरबाट साइकलमा विद्यालय जाँदै गर्दा प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का मुगु केवटकी १६ वर्षीया छोरी अनिता केवटमाथि उखुबारीबाट एक्कासि मुख छोपेर तीन जना नचिनेका मान्छेले चक्कु प्रहार गरेका थिए ।
चक्कुले लागेर घाइते भएकी अनिताको दाहिने हातमा चोट लागेको छ । अनिताको स्थानीय क्लिनिकमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
आक्रमणमा संलग्नहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । छात्रा केवट गणेश माध्यमिक विद्ध्यलय जगन्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन्।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  २ : ११ बजे