५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

८ महिनादेखि निर्वाह भत्ता नपाएका आवासीय डाक्टर आन्दोलित



काठमाडौँ ।
निर्वाह भत्ता नपाएको भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवसीय डाक्टरले प्रतिकात्मक आन्दोलन सुरु गरेका छन् । ८ महिनादेखि निर्वाह भत्ता नपाएको बिरोधमा आवासीय डाक्टरले बिहीबारदेखि चन्दा संकलन सुरु गरेका छन् । विरोधका लागि प्रतिकात्मक रुपमा चन्दा संकलन सुरु गरेको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले बताए ।

स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति परिचालन निर्देशिका अनुसार विशेषज्ञ चिकित्सकलाई परिचालन गर्न लागेकोमा पनि आफूहरुको गम्भीर ध्यानाकर्षण भएको एसोसिएसनले जनाएको छ ।

निर्देशिका एकतर्फी रहेको र छात्रवृत्तिमा स्नातकोत्तर एमएस, एमडी र डिएम तथा एमसिएच अध्ययनरत विद्यार्थीमा पूर्वाग्रह राखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

करार अवधि दुई वर्ष मात्रै बनाउनेसहितका सहमति कार्यान्वयन नभएको तथा ८ महिनादेखि निर्वाह भत्ता नपाएकाले आफूहरु आन्दोलित भएको एसोसिएसनका डा। विश्वराज तिमल्सिनाले बताएका छन् ।

आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने र यसबाट पर्ने असरको जिम्मेवार सरकार नै हुने उनीहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ६ : ५६ बजे