५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुनको भाउ बढ्यो



काठमाडौं ।
सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तोलामा २ सय रुपैयाँ बढेर तोलाको ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार भने ६ सय रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ । चाँदी पनि बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ६ : ४३ बजे