५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङमा सञ्चालनमा आएको आइसियू सहितको एम्बुलेन्सको भाडा कति होला ?



दाङ ।
दाङमा पहिलो पटक आइसियूसहितको एम्बुलेन्स सञ्चालनमा आएको छ । तुलसीपुरस्थित तुलसी हस्पिटलले पुस दोस्रो सातादेखि ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । एम्बुलेन्समा आइसियुसहित भेन्टिलेटरकलगायत सेवा रहेका छन् ।

स्वास्थ्यकमीको व्यवस्था मिलाइएको हस्पिटलका बालरोग विषेशज्ञ डा. किशोर खत्रीले जानकारी दिनुभयो । यस एम्बुलेन्समा अन्यभन्दा धेरै सेवा सुविधा भए पनि भाडामा भने धेरै फरक नपर्ने बताइएको छ। सुविधायुक्त एम्बुलेन्स सञ्चालन आएसँगै गम्भीर घाइते र बिरामीलाई सहज रुपमा अस्पतालसम्म पु¥याउन सकिने पश्चिम दाङवासीहरुले अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ३ : ५२ बजे